Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पैसामुखी बन्दैछन् खगेन्द्र ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/10
अभिनेता खगेन्द्र लामिछाने वर्षमा एउटा मात्र फिल्म लिएर दर्शकमाझ आउने गर्दछन् । गएको वर्ष उनको 'धनपति' फिल्म रिलिज भएको थियो । तर, अब उनले आफूले बनाएको यो नियम तोड्दैछन् । 
 
यस वर्ष उनको एक होइन तीनवटा फिल्म रिलिज हुँदैछन् । शुक्रवारबाट 'डमरुको डण्डीबियो' रिलिज भइसकेको छ भने दशैंको फूलपातीमा 'जय भोले' दर्शकमाझ आउँदैछ । यस्तै, गएको केही दिन अगाडि घोषणा गरिएको नयाँ फिल्म 'गोपी' पनि यसै वर्ष प्रदर्शनमा आउने प्रवल संभावना छ । 
 
के पैसामुखी बन्दैछन् खगेन्द्र ? फिल्म 'गोपी' को घोषणा सभामा उनले एउटा कलाकारले एकै वर्षमा दुई वा तीनवटा फिल्मको सुटिङ गरेर फरक नपरे पनि रिलिज लगातार भएको खण्डमा भने गाह्रो हुने बताए । 
 
 
उनी भन्छन्, 'नेपालको सन्दर्भमा एउटा कलाकारले वर्षमा एउटा मात्र फिल्म गरेर जीवन चलाउन गाह्रो हुँदो रहेछ । बलिउडमा एउटा फिल्म गरेर करोडौं पाउने भए पो २/३ वर्षमा एउटा फिल्म गरौँ भन्ने हुन्छ । नेपालमा वर्षमा एउटा फिल्म गरेर जीवन चलाउनै गाह्रो हुने भएपछि वर्षमा दुईवटा चाहिँ गरौँ भन्ने लागेको छ ।'
 
उनका अनुसार, 'गोपी' फिल्म 'जय भोले' रिलिजको ६ महिनापछि मात्र रिलिज गर्ने सहमती भएको छ । के उसो भए अब फिल्मको संख्या बढाउँदै हुनुहुन्छ ? पत्रकारको प्रश्नमा उनी जवाफ दिन्छन्, 'संख्या बढाउने भन्ने त होइन । अभिनेताका लागि फिल्मको अफर आउनु सुखद कुरा हो । 'गोपी' फिल्म त्यस्तै थियो । कथा सुनेपछि मैले छाड्नै सकिनँ ।'
 
उनले राम्रो स्क्रिप्ट पाएर पनि छाडे आफ्नो कलाकारितालाई पनि न्याय नहुने तर्क राख्छन् । फिल्म 'गोपी' मा उनको जोडीको रुपमा अभिनेत्री सुरक्षा पन्त छिन् । दीपेन्द्र लामाले यसलाई निर्देशन गर्दैछन् । उक्त फिल्मको छायांकन भदौ १ गतेबाट सुरु हुने बताइएको छ ।
Most Visited News (monthly)