.jpg)
यही शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ ले यतिबेला आफ्नो प्रचार-प्रसारलाई तिव्रता दिइरहेको छ । केही दिन अगाडि मोफसलमा आफ्नो प्रचार गरेको फिल्म टिम बुधवार त्रिभुवन विश्वविद्यालय पुगेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आयोजना गरेको 'कला, साहित्य एवं सांस्कृतिक' कार्यक्रममा लिड कलाकार कबिर खड्का, सञ्जित भण्डारी र आयन खड्काले ‘लम्फू’ को प्रचार गरे । कार्यक्रममा झण्डै ५ सय बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
.jpg)
कबिरले ‘लम्फू’ आफ्नो लागि अग्निपरिक्षा रहेको बताउँदै विद्यार्थीलाई फिल्म हेरिदिन आग्रह गरे । उनी भन्छन्, 'हामी सबैको कथा हो ‘लम्फू’ । हेरुन्जेल भरपूर मनोरञ्जन लिनुहुनेछ ।' उनले यस फिल्मका लागि १४ महिना दाह्री पालेको पनि स्मरण गरे ।
कलाकार सञ्जितले त्रिविमा पहिलो पटक नेपाली फिल्मको प्रचार गर्न पाएकोमा खुसी व्यक्त गरे । उनी भन्छन्, ‘लम्फू’ रमाइलो बनेको छ । मनोरञ्जन सँगसँगै सन्देश पनि दिन्छ । यसमा युवावर्गको वास्तविक कथा प्रस्तुत गरिएको छ ।’ यस्तै, अर्का कलाकार आयनले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
.jpg)
कार्यक्रममा त्रिविका विद्यार्थी तथा फिल्ममा समावेश 'सँगै जिउने सँगै मर्ने' का गीतकार दिग्गज धौलारी पनि उपस्थित थिए । कार्यक्रममा चर्चित गजलकार ज्ञानुवाकर पौडेल, गीतकार डा. कृष्णहरी बराललगायतका व्यक्तिहरु अतिथीको रुपमा उपस्थित थिए । कवि पौडेलले चकेलटी कलाकारहरुको अभिनय रहेका कारण ‘लम्फू’ हिट हुने बताए ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
.jpg)
यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।
समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ ।
.jpg)
दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् । फिल्ममा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

