बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहूजाको रिसेप्सन पार्टीमा सलमान खान र शाहरुख खान पनि उपस्थित भएका छन् । सोही क्रममा दुई खानको एक भिडियो सोसल मिडियामा खुब भाइरल भएको छ ।
.jpg)
सोनम र आनन्दको वेडिंङ रिसेप्सनमा सलमान र शाहरुखले खुब मस्ती गरेका छन् । रिसेप्सन पार्टीबाट बाहिरिएको एक भिडियोमा सलमान खान आफ्नो फिल्मको गीत 'आज की पार्टी मेरी तरफ से...' गाउँदै गरेको देखिएका छन् ।
सलमानले गीत गाउँदै गर्दा शाहरुख खानले भने ठुम्का लगाएका छन् । भिडियोमा सलमान खान र शाहरुख खानसँगै अनिल कपूर पनि देखिएका छन् । छोरीको विवाहको खुसीमा अनिल कपूरले सबैभन्दा धेरै डान्स गरेका थिए ।
रिसेप्सन पार्टीमा शाहरुख खान आफ्नी श्रीमति गौरीसँग पुगेका थिए । सलमान खान भने ज्याकलीन फर्नान्डिससँग देखिए । कैटरीना कैफ पनि सोनमलाई बधाई दिन पुगेकी थिइन् । रिसेप्सनमा बलिउडका चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
विवाहमा सोनम कपूरले निकै भारी गहनासँगै रातो रंगको लेहंगा लगाएकी थिइन् । सोनमले डिजाइनर अनुराधा वकील द्वारा निर्मित लोत-मोटिफ पहिरिएकी थिइन् । यस्तै, आफ्नो विवाहमा आनन्दले राघवेन्द्र राठौर द्वारा निर्मित शेरवानी लगाएका थिए । सोनम र आनन्दको विवाह मंगलवार बान्द्रामा भएको हो ।
तश्बिरहरु हेर्नुहोस् :-












