Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलको ‘क्याप्टेन’ मा सुनिल थापा पनि

फिल्मीखबर, काठमाण्डौ, 2018/05/09
गएको वर्ष 'कृ' मार्फत दर्शकमाझ आएका अभिनेता अनमोल केसी यस वर्षको भाद्र ८ गते नयाँ फिल्म ‘क्याप्टेन’ लिएर आउँदैछन् । यो फिल्म निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ । 
 
'ऐश्वर्य' फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने यस फिल्मको आइतबारबाट दोस्रो चरणको सुटिङ सुरु भएको छ । पहिलो चरणको सुटिङ भने गएको हप्ता इलाममा दुई दिन चलेको थियो । अहिले दमकको एक खेल मैदानको फिल्मको छायांकन भइरहेको छ । 
 
यस फिल्ममा अनमोलको उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधिएको छ । भिलेनको भूमिकामा प्रशान्त ताम्राकारलाई अनुवन्धित गरिएको छ ।
 
यसैबीच यस फिल्ममा चर्चित खलनायक सुनिल थापाको पनि इन्ट्री भएको छ । उक्त फिल्ममा उनको केमियो भूमिका रहने स्रोत बताउँछ । 
 
खबरअनुसार, उनी राष्ट्रिय फुटबल प्रशिक्षकको भूमिकामा देखिनेछन् । सुनिल थापाले 'क्याप्टेन' ज्वाइन गर्न अनमोलसहितको टिमसँग दमक उड्दै गर्दाको तश्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् । यस फिल्मको निर्मातामा भुवन केसी छन् । 
 
पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ ।  अनमोल यसमा पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।
 
यसमा अभिनेता सरोज खनाल र हास्यकलाकार विल्सन विक्रम राई पनि प्रमुख भूमिकामा छन् ।  
Most Visited News (monthly)