
बलिउड अभिनेत्री सोनम कपूर र उद्योगपति आनन्द आहूजाको विवाह मंगलवार सम्पन्न भएको छ । आजै साँझ मुम्बईमा यी दुईको रिसेप्शन हुँदैछ । रिसेप्शन मध्यरातसम्म चल्ने भारतीय मिडियाले खबर छापेका छन् ।
यो यस वर्ष बलिउडको सबैभन्दा ठूलो विवाह हो । डार्क बेज रंगको नेहरू कलर शेरवानीमा आनन्दको परफेक्ट ग्रूम स्टाइल देखिएको छ । शेरवानीमा रूबीज बीडिड ग्रूम ज्वेलरीमा आनन्द, दुलहाको अन्दाजमा निकै खास देखिएका छन् ।

विवाह, मुम्बईमा सोनम कपूरको एक आफन्तको घरमा भएको हो । संगीत जस्तै विवाह समारोहमा पनि बलिउडका चर्चित हस्तीहरु उपस्थित भएका थिए । दुलही पहिरनमा सोनम निकै सानदार लुक्समा देखिइन् ।
सोनम कपूर-आनन्द आहूजाको विवाह सिख रीति-रिवाजबाट भएको छ । सोनमको आनन्दसँग बिहान ११ देखि दिउँसो १२ः३० को बीचमा विवाहको सम्पूर्ण प्रक्रिया पूरा भएको हो ।

सोनम र आनन्दको विवाहमा को-को भए उपस्थित ?
संगीत जस्तै विवाह कार्यक्रममा पनि बलिउडका चर्चित हस्तीहरु उपस्थित भएका छन् । अमिताभ बच्चन छोरी श्वेता र अभिषेकसँग पुगेका थिए । करीना कपूर पनि पति सैफ अली खान, दिदी करिश्मा कपूर र छोरा तैमूरसँग पुगिन् ।
सोनमको बेस्ट फ्रेन्ड ज्याकलीन, रानी मुखर्जी, रणवीर सिंह, करण जौहर, पत्नी किरण रावसँगै आमिर खान र अमर सिंह जस्ता कयौं चर्चित व्यक्तिहरु विवाहमा सहभागी भएका छन् । अर्जुन कपूर, बोनी कपूर पनि अनिल कपूरकी छोरीको विवाहमा देखिए ।

