हलिउडको हिट फिल्म ‘डेडपूल २’ को हिन्दी भर्सनमा बलिउडका चर्चित अभिनेता रणवीर सिंहले आवाज दिएका छन् । ‘डेडपूल’ पनि 'एभेन्जर्स' जस्तै सुपरहिरो फिल्म हो । फक्स स्टार स्टूडियो यस फिल्मलाई १८ मेमा भारतमा रिलिज गर्दैछ ।

यस फिल्मको हिन्दी भर्सन ट्रेलर सार्वजनिक भएको छ । आईएएनएसका अनुसार, स्टूडियो एक यस्तो स्टारको खोजीमा थियो, जो ‘डेडपूल’ को व्यक्तित्वसँग मिल्दोजुल्दो होस् र रणवीरको व्यक्तित्व उससँग मिल्छ ।
‘डेडपूल २’ मा जोश ब्रोलिन, मोरेना बैक्करीन, करण सोनी, जैजी बीट्ज, ब्रायना हिल्डब्रांड, स्टीफन कपिची र लेस्ली उगम्स प्रमुख भूमिकामा छन् । यस फिल्मको हिन्दी ट्रेलर जबर्जस्त बनेको छ ।
यसका अलावा रणवीरको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनले केही दिन अगाडि मात्र जोया अख्तरको फिल्म 'गली ब्वाई' को छायांकन सकाएका छन् । योसँगै उनी चाँडै रोहित शेट्टीको फिल्म 'सिम्बा' को सुटिङ व्यस्त हुँदैछन् । यो फिल्ममा रणवीरसँग सारा अली खान लिड रोलमा देखिँदैछिन् ।
‘डेडपूल २’ को हिन्दी ट्रेलर हेर्नुस् :-

