फिल्म ‘प्रेमलीला’ को अचेल धमाधम छायांकन चलिरहेको छ । केही दिन अगाडि 'जाने क्या हुवा ए' बोलको हिन्दी गीत पोखरामा खिचिएको छ । यो गीत यस फिल्ममा समावेश रहेको छ । निर्मात्री तथा अभिनेत्री दिपशिखा खड्काले हिन्दी गीत कथाको माग अनुसार राखिएको बताइन् ।
.jpg)
उक्त गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । दिपशिखा खड्का र अभिनेता अली खान गीतमा फिचरिङ छन् । छायांकन गरिएको गीतमा बलिउड गायक राजा हसनको स्वर छ ।
अभिनेता खानले आफू पहिलो पटक नेपाली फिल्ममा काम गर्न पाउँदा खुसी महशुस गरेको बताए । फिल्मको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिनका लागि भारतबाट अली खानलाई झिकाएको निर्मात्री खड्काले जानकारी दिइन् ।
यसैबीच नायिका तथा निर्मात्री दीपशिखाले आफ्नो कपाल मुण्डन गरेकी छिन् । आखिर किन ? उनी भन्छिन्, 'यो मुण्डनको रहस्य अहिल नै भन्न मिल्दैन । चाँडै थाहा हुनेछ ।' ‘प्रेमलीला’ लाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन ।
.jpg)
पवन गौतमको छायांकन रहेको यसमा महेश खड्का, नबिन कार्की र रविराज शाहको संगीत छ ।दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाहको उक्त फिल्ममा लिड रोल छ ।

