नेपाली फिल्मको मार्केट नेपालसँगै पछिल्लो समय ओभरसिज पनि राम्रो हुन थालेको छ । नेपालबाट लगानी उठाउन मुश्किल हुने फिल्मले विदेश प्रदर्शनबाट निर्माताको खल्ती भर्ने गरेका छन् । अमेरिका, अष्ट्रेलिया, यूके, जापानललगायतका देशमा नेपाली फिल्मको मार्केट विस्तारै फस्टाउँदै गएको छ ।
यसैक्रममा असार ८ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘कुम्भ करण’ को अष्ट्रेलिया राइट्स १२ लाखमा बिक्री भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच यो फिल्म अष्ट्रेलिया प्रदर्शनका लागि सम्झौता भएको छ ।

यस फिल्म नेपालससँगै अष्ट्रेलियाका विभिन्न शहरहरुमा एकसाथ प्रदर्शन हुनेछ । फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।
दीपक ओली निर्देशित ‘कुम्भ करण’ लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् ।

