Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डमरुको डण्डीबियो’ हेरेपछि कांग्रेस नेताले के भने ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/07
शुुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको पूर्व राष्ट्रिय खेल डण्डीबियोको कथामा निर्मित फिल्म ‘डमरुको डण्डीबियो’ हेर्न कांग्रेसका दुई नेता हल पुगेका छन् । आइतवार साँझ ठमेलमा रहेको छायाँ सेन्टर पुगेर कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले फिल्म हरेका छन् । 
 
फिल्म हेरेर निस्कँदै गर्दा नेता कोइरालाले आफू पुनः डण्डीबियोलाई राष्ट्रिय खेल बनाउन पहल गर्ने आश्वासन दिए । उनी भन्छन्, 'बाल्यकालमा विराटनगरमा खेलिएको सम्झना ताजा गरायो । यस फिल्मले गर्दा डण्डीबियोको महत्व पक्कै बढेको छ ।'
 
यस्तै, डा. रिजालले पनि फिल्मले राम्रो विषय उठान गरेको बताए । 'डण्डीबियोको विषय भएपनि फिल्म निकै रमाइलो बनेको छ । यस किसिमको विषयवस्तुलाई रोज्ने निर्माण टिमलार्इ धन्यवाद दिन चाहन्छु', रिजालले भने । 
 
 
घले गाउँ र काठमाडौंमा खिचिएको यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । यो फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ । 
 
खगेन्द्रले ‘डमरुको डण्डीबियो’ मा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । उनकै को लेखन रहेको यस फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । यसअघि उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता फिल्मको कथा र संवाद लेखिसकेका छन् ।
 
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् ।
Most Visited News (monthly)