बलिउड अभिनेत्री मनीषा कोइराला राजकुमार हिरानीको नयाँ फिल्म ‘सञ्जु’ मा संजय दत्तकी आमा तथा अभिनेत्री नर्गिस दत्तको भूमिकामा देखिएकी छिन् । यो फिल्ममा उनको भूमिका निर्वाहा गर्नु सम्मानको कुरा रहेको मनीषले बताएका छिन् ।
यूसुफ मर्चेटको किताब ‘ह्याप्पीनेस-लाइफ लेसन फ्रम ए क्रिएटिभ एडिक्ट’ सार्वजनिक गर्दै उनले 'सञ्जु' मा निर्वाहा गरेको भूमिकाको विषयमा पत्रकारँग कुराकानी गरिन् ।

उनी भन्छिन्, 'यो कुनै पनि अभिनेत्रीका लागि एक 'ड्रिम रोल' हो । फिल्ममा मेरो छोटो रोल छ । म अतिथी भूमिकामा छु । तर म फिल्म र आफ्नो भूमिकालाई लिएर निकै उत्साहित छु ।'
‘सञ्जु’ अभिनेता सञ्जय दत्तको जीवनमा आधारित छ । यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । विधू विनोद चोपडा उक्त फिल्मका निर्माता हुन् ।
फिल्ममा रणवीर कपूरले संजय दत्तको भूमिका निर्वाहा गरेका छन् । यो फिल्म २९ जूनमा रिलिज हुँदैछ । ‘सञ्जु’ मा अनुष्का शर्मा, सोनम कपूर, परेश रावल, मनीषा कोइराला, जिम सरभ, विक्की कौशल, बोमन ईरानी, दीया मिर्जा र करिश्मा तन्ना प्रमुख भूमिकामा छन् ।

