Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले सुरु गरिन् ‘मालिका’, हिरोइन १४ वर्षीय बालिका

फिल्मीखबर, काठमाण्डौ, 2018/05/07
 
अभिनेत्री रेखा थापाले आफ्नै निर्देशनमा फिल्म ‘मालिका’ को सुटिङ सुरु गरेकी छिन् । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै रेखाले बालुवाटारबाट फिल्मको छायांकन सुरु गरेकी हुन् । 
 
छायांकनको पहिलो दिन रेखा र नर बहादुर कार्कीले बालुवाटारमा आउट डोर सट भएको मुख्य सहायक निर्देशक नवराज आचार्यले जानकारी दिए । फिल्मको काठमाण्डौंमा करीब १० दिन सुटिङ चल्नेछ । 
 
राजधानीपछि ‘मालिका’ को कोहलपुर र जाजरकोटमा छायांकन हुनेछ । यसमा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहेको छ । 
 
 
फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । यसअघि फिल्म 'हिम्मतवाली' निर्देशन गरेकी रेखाले ‘मालिका’ लाई लक्ष्मीपूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने जानकारी दिइन् । 
Most Visited News (monthly)