Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन र रोमान्सयूक्त ‘मनाङ्गे नानी’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/05/07
बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘मनाङ्गे नानी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन र रोमान्सयूक्त छ । 
 
 
मनाङको तिलिचो तालको सेरोफेरोेमा छायांकन गरिएको यस फिल्ममा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङलगायतका कलाकारहरुको लिड अभिनय छ । 
 
खुस बहादुर गुरुङको कथा, पटकथा, गीत, संगीत र निर्देशन रहेको फिल्ममा श्रीकृष्ण फुयाँलको छायांकन छ । यसमा जनक गुरुङले द्वन्द निर्देशकको जिम्मेवारी बहन गरेका छन् ।
 
गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया गुरुङले संयुक्त रुपमा निर्माण भएको यो फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)