Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ लाखमा करिश्मालाई ल्याइयो नेपाल

फिल्मीखबर, काठमाण्डौ, 2018/05/07
 
बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमवार बिहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । 
 
उनले दिउँसो राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटन गर्दैछन् । उनी यसैका लागि मुम्बईबाट नेपाल आएकी हुन् । अभिनेत्री करिश्मा यसअघि पनि एक पटक नेपाल आएकी थिइन् ।
 
 
सोमवार साँझ स्वदेश फर्किन लागेकी उनलाई नेपाली २५ लाख रुपैयाँमा नेपाल ल्याइएको बुझिएको छ । उनी बलिउड अभिनेत्री करीना कपूरकी दिदी हुन् ।
 
‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित फिल्ममा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय छिन् ।
Most Visited News (monthly)