Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘हैरान’ को ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/05/06
फिल्म ‘हैरान’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेठ ४ गते प्रदर्शनमा आउने फिल्मको सार्वजनिक ट्रेलरमा सम्पूर्ण लिड कलाकारहरु फिचर छन् । ट्रेलरमा फिल्मको कथासारलाई प्रस्ट्याईएको छ । 
 
 
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ । 
 
डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत  सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ 
 
फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)