Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘लम्फू’ अमलाको स्वाद जस्तो : निर्देशक लामिछाने

फिल्मीखबर, काठमाण्डौ, 2018/05/06
झन्डै पाँच दिने मोफसल यात्रापछि फिल्म ‘लम्फू’ यूनिट काठमाण्डौ फिरेको छ । यो फिल्म यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । 
 
 
तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ समेतको अभिनय रहेको यो फिल्मको प्रचार-प्रसारको लागि राजधानी बाहिर कलाकारहरु कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी लगायतको टीम पुगेको थियो । 
 
मोफसल यात्राको क्रममा धरान, दमक, हेटौँडा, चितवन र पोखरामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सबै स्थानहरुमा तरकारीवालीको प्रसंग प्रमुख स्थानमा रहेको थियो । तरकारीवाली उर्फ कुशुम हेटौँडा र चितवनका पत्रकारसामु भने पुगेकी थिइन् ।
 
‘तरकारीवाली’ लाई किन फिल्ममा लिनुभयो ? कतै प्रयोग मात्र गर्नुभएको त होईन ? जस्ता पत्रकारको प्रश्नमा निर्देशक गोपालचन्द्र लामिछानेले कुशुमलाई प्रयोग गरेको तर गलत प्रयोग नगरिएको बताए ।
 
उनले तरकारीवालीलाई नभई कुशुम श्रेष्ठलाई अभिनय गराएको बताए । उनी भन्छन्, 'तरकारीवाली उनको एक्कासी जुरेको पहिचान मात्र हो । तरकारीवाली भन्दा अलिक फरक तरिकाले कुशुमलाई अभिनय गराएका छौं ।'  
 
फिल्मको बिषयमा बोल्दै निर्देशक लामिछाने ‘लम्फू’अमलाको स्वाद जस्तो रहेको बताए । ‘मेरो फिल्म अमलाको स्वादजस्तो छ, शुरुमा टर्रो खाँदै जाँदा स्वादिलो ।’, उनले भने । 
 
पत्रकार भेटघाटका क्रममा नायक कबिर खड्काले आफ्नो लागि ‘लम्फू’ भाग्य निर्धारक भएको बताए । ‘अहिले मलाई सबैले लम्फू भनेर बोलाउँछन् । फिल्मको पात्र नै मेरो परिचय बन्दा खुशी लागेको छ ।’, कबिरले बताए । 
 
 
कलाकारहरु सञ्जीत भण्डारी र आयान खड्काले ‘लम्फू’ मौलिक नेपाली फिल्म रहेको बताए । यस फिल्मका निर्माता शक्दिबल्दभ घोरासैनीले काठमाण्डौ उपत्यका बाहिर फिल्मको ठुलो बजार रहेकोले प्रचार-प्रसारको लागि मोफसल पुगेको जानकारी दिए । 
 
घोरासैनीले ‘लम्फू’ बहुप्रतिक्षित नभएपछि उत्कृष्ट रहेको बताए । ‘यो फिल्म बहुप्रतिक्षित नहुन सक्छ तर राम्रो सम्भावना भने पक्कै बोकेको छ’, उनले भने । यसमा सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मालगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । 
Most Visited News (monthly)