
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले रातभरी शहरका रेस्टुरेन्टमा बसेर एक महिलालाई कसरी सिध्याउने भन्ने मिटिङ नबस्न चेतावनी दिएकी छिन् । आइतवार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस कोर्दै उनले विकास बोर्डमा रहुन्जेल उल्लेख्य काम गरेरै छाड्ने दाबी गरेकी छिन् ।
उनी लेख्छिन्, 'म महिला भएका कारण कुनै सहानुभूति चाहन्नँ तर एउटी महिलामाथी आफ्नो न्वारानदेखिको बल लगाएर लागीपरेका दार्इहरु, अंकलहरु, बुबाहरुदेखि दया लागेको छ । चित्त दुखेको छ ।' आफूले हिन्दी फिल्मको संरक्षण गरेको भन्ने समाचारको पनि उनले खण्डन गरेकी छिन् ।
'आफ्नो कार्यकालमा बक्सअफिसको नाम चाहिँ लिने तर गफ मात्र गर्ने, काम चाहिँ नगर्नेको राजनीतिक दौड पनि देख्दैछु । बा बा कत्रो चलखेल । तर म आफ्नो कार्यकाल यस्ता गफ र रेस्टुरेन्टहरुमा रातभर गरिने राजनीतिबाट अलग राख्न चाहन्छु ।' उनी फेसबुकमा लेख्छिन् ।
.jpg)
सम्पूर्ण कार्ययोजना, त्यसको कार्यान्वयनको खाका र भिजन आफूले नेपाल सरकारलाई स्पष्ट रुपमा बुझाएको र कसैको दबाब, डर, धम्की वा प्रभावमा नपरी आफ्नो काम सम्पन्न गरेरै छाड्ने अठोट लिएको उनको भनाई छ ।
निकिता अगाडि लेख्छिन्, 'म दिनरात राजनीति गरेर, बेतालका गफ गरेर एक मिनेटपनि समय खेर फाल्न चाहन्नँ ।' उनको यो स्टाटसमा निर्देशक तथा निर्माता रोज राणादेखि अभिनेत्री निरुता सिंहसम्मले समर्थन शैलीमा कमेन्ट गरेका छन् ।

