Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘गन्तब्य’ खोज्दै खगेन्द्र र मेनुका (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/05/06
देशव्यापी प्रदर्शनमा आएको तेस्रो दिन फिल्म ‘डमरुको डण्डीबियो’ को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘गन्तब्य’ बोलको गीतमा लिड अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री मेनुका प्रधान फिचर्ड छन् । 
 
रिकेश गुरुङ र विद्या तिवारीको स्वर रहेको गीतमा सविन एकतारेको शब्द र कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । गीतले खगेन्द्र र मेनुकाको छट्पटी बोल्छ । फिल्ममा यी दुईको विछोडको पलमा यो गीत अटाइएको छ । 
 
 
घले गाउँ र काठमाडौंमा खिचिएको यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । खगेन्द्रले ‘डमरुको डण्डीबियो’ मा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । 
 
खगेन्द्रको लेखन रहेको यस फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । यसअघि उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता फिल्मको कथा र संवाद लेखिसकेका छन् ।
 
यो फिल्ममा खगेन्द्र र मेनुकाको अलावा अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् । 
 
भिडियो :-

Most Visited News (monthly)