Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

इन्स्टा लभर्स अनमोलकी हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2018/05/06
 
अभिनेता अनमोल केसीसँग 'स्कृन' साझेदारी गर्ने हरेक एक कलाकारको राम्रै चर्चा हुने गर्छ । झन्, उनको अपोजिटमा देखिने अभिनेत्रीको त कुरै छाड्यौ । प्रायः अनमोल मिडियाको हेडलाइन बनिरहेका हुन्छन् । र, छुट्दैनन् उनीसँग काम गरेका र काम गर्ने तयारीमा रहेका नायिकाहरुको नाम । 
 
यस्तै, अहिले अनमोलकी एक हिरोइनको खुब चर्चा छ । फिल्म 'क्याप्टेन' बाट दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गर्दैछिन् । प्रियंकाभन्दा अगाडि यस फिल्ममा उपासना फाइनल भएकी थिइन् । यी दुबैको सामाजिक सञ्जालमा राम्रो फलोअर्स छ । 
 
तर, प्रियंकाभन्दा उपासना सामाजिक सञ्जालमा खुब लोकप्रिय छिन् । उनलाई इन्स्टाग्राममा झन्डै ४० हजारले फलो गर्ने गर्दछन् । उनले भने १५१ जनालाई फलो गर्छिन । प्रियंकालाई भने इन्स्टामा ६ हजार बढीले फलो गर्दछन् । 
 
 
उपासनाले इन्स्टामा २४० तश्बिर अपलोड गरेकी छिन्, जसमा उनी निकै बोल्ड देखिएकी छिन् । इन्स्टा लभर्स उनी प्रायः दैनिकजसो आफ्ना तश्बिरहरु शेयर गरिरहेकी हुन्छिन् ।
 
उनले इन्स्टामा अनमोलसँगै जीया केसी, भुवन केसी, हलिउड अभिनेत्री किम कार्दशियनलगायतलाई फलो गरेकी छिन् । 
Most Visited News (monthly)