Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लम्फू’ का सञ्जितलाई भारतीय टेलिसिरियलको अफर !

फिल्मीखबर, काठमाण्डौ, 2018/05/06
यही बैशाख २८ गतेबाट फिल्म ‘लम्फू’ रिलिज हुँदैछ । उत्कृष्ट गीतसंगीतका कारण रिलिज नहुँदै यसले राम्रै हाइप बनाएको छ । गोपालचन्द्र लामिछाने निर्देशित उक्त फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । 
 
 
पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको यस फिल्ममा अभिनेता द्वय सलोन बस्नेत र कबिर खड्कासँगै सञ्जित भण्डारीको पनि लिड अभिनय छ । सञ्जित ‘लम्फू’ बाट आफ्नो फिल्मी करिअरमा ठूलो प्रभाव पार्ने बताउँछन् ।
 
उनी भन्छन्, 'मैले जस्तो क्यारेक्टरको कल्पना गरेको थिएँ 'लम्फू' मा त्यस्तै छ । राम्रो कथा र भनेजस्तै टिम भेटेपछि फिल्म छाड्नै सकिनँ ।' उनी 'लम्फू' हरेक युवावर्गको वास्तविक कथा रहेको बताउँछन् । 
 
गएको केही महिना अगाडि उनले भारतमा रहेको 'भारतीय फिल्म तथा टेलिभिजन संस्थान' मा २० दिने अभिनय कोर्ष समेत गरेका छन् । चलचित्र विकास बोर्ड र भारतीय दुतावासको आयोजनामा उक्त तालिम भएको थियो । अभिनय सिक्ने क्रममा उनलाई चाँडै निर्माण हुन लागेको एक भारतीय टेलिसिरियलबाट अफर आएको छ । 
 
भारतीय फिल्म तथा टेलिभिजन संस्थानका प्रशिक्षक समेत रहेका सिद्धार्थ शास्त्राले उनलाई एक नयाँ टेलिसिरियलको अफर गरेका हुन् । सञ्जित भन्छन्, 'उहाँले नयाँ सिरियलका लागि एक कश्मिरको जस्तो देखिने युवक खोजिरहनु भएको रहेछ । मेरो लुक्स कश्मिरको जस्तो लागेपछि उहाँले टेलिसिरियल अफर गर्नुभयो । उहाँले मलाई चाँडै सम्पर्क गर्ने वाचा गर्नुभएको छ ।' 
 
 
२० दिने अभिनय कोर्ष गरेपछि उनी आफू जुनसुकै कुरामा निर्धक्क बोल्न सक्ने भएको सुनाउँछन् । उनी थप्छन्, 'पहिला मलाई 'फेस टू फेस' कुरा गर्न निकै डर लाग्थ्यो । तर २० दिनको अभिनय कोर्षले मलाई आत्मविश्वास थपेको छ । अहिले निर्धक्क बोल्न सक्छु ।'
Most Visited News (monthly)