Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाहुबली २’ ले चीनमा तोड्यो आमिर-सलमानको रेकर्ड

एजेन्सी, मुम्बई, 2018/05/06
‘बाहुबली २ : द कन्क्लूजन’ ले अहिले चीनको पर्दामा सानदार कलेक्सन गरिरहेको छ । यसको कमाईले पहिलो दिनमा नै आकाश छोएको छ । यस फिल्मको पहिलो दिनको कलेक्सन १९ करोड रहेको छ । योसँगै ‘बाहुबली २’ ले सलमान, आमिर खानको फिल्मलाई समेत पछाडि छाडिदिएको छ । 
 
आमिरको 'दंगल' ले चीनमा पहिलो दिन १४ करोड र सलमानको 'बजरंगी भाईजान' ले १२ करोड कलेक्सन गरेको थियो । तर, 'बाहुबली' ले इरफान खानको 'हिन्दी मीडियम' को रेकर्ड भने तोड्न सकेन, यस फिल्मले पहिलो दिन नै २४ करोड कमाएको थियो । 
 
'बाहुबली २' को दुई दिनको कलेक्सन ट्रेड एनालिस्ट रमेश बालाले ट्वीटमार्फत् जानकारी दिएका छन् । फिल्मले २ दिनमा ३७ करोडको कमाई गरेको छ । ४ मेबाट यो फिल्म चीनमा प्रदर्शन भएको हो । 
 
फिल्मले रिलिज पहिला नै आमिरको 'दंगल' को रेकर्ड ब्रेक गरेको छ । यसले चीनमा ७ हजार 'स्कृन' पाएको छ ।  'दंगल' लाई चीनमा करीब ७ हजार स्कृन मिलेको थियो । तर, प्रभासको फिल्म सलमान खानको 'बजरंगी भाईजान' को रेकर्ड तोड्न भने सकेन । फिल्म 'बजरंगी भाईजान' लाई चीनमा ८ हजार 'स्कृन' मिलेको थियो । 
 
आमिरको 'सीक्रेट सुपरस्टार' चीनमा ६ हजारभन्दा बढी स्कृनमा रिलिज भएको थियो । अर्कोतर्फ, 'बाहुबली २' ले चीनमा प्री-सेल्स र एडभान्स बुकिङमा १ करोड ६६ लाखको कमाई गरेको छ । यसकारण एडभान्स बुकिङको मामलामा यो फिल्म सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । 
Most Visited News (monthly)