Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोदीको विरुद्ध बोलेपछि प्रकाशले पाउन छाडे फिल्म

एजेन्सी, मुम्बई, 2018/05/05
'सिंघम', 'वान्टेड' जस्ता फिल्ममा भिलेनको भूमिकामा देखिसकेका अभिनेता प्रकाश राजले प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीको विरुद्ध बोल्न थालेपछि बलिउडमा काम मिल्न छाडेको खुलासा गरेका छन् । 
 
कर्नाटक विधानसभा चुनावको क्रममा पनि प्रकाश बीजेपीको विरुद्धमा क्याम्पेन चलाउँदै देखिएका छन् । उनी पछिल्लो केही समयदेखि मोदी सरकार र भाजपाको राजनीतिको कडा विरोद्ध गर्दै आइरहेका छन् । 
 
 
'द प्रिन्ट' लाई दिएको अन्तर्वार्तामा राष्ट्रिय पुरस्काोर विजेता समेत रहेका प्रकाश राजले भने, 'साउथ फिल्म् इन्डस्ट्रीमा कुनै समस्या छैन, तर जबदेखि मैले बोल्न सुरु गरे तबदेखि हिन्दी फिल्म इन्डस्ट्रीबाट अफर आउन बन्द भएको छ ।' 
 
तर, उनी यो कुराबाट चिन्तित नभएको बताउँछन् । हिन्दी फिल्मबाट अफर नभएपनि धेरै पैसा भएकाले कुनै चिन्ता नभएको उनको भनाई छ ।  प्रकाश राज प्रायः बीजेपीमाथी निशाना बनाउने गर्दछन् ।  
 
मोदीमाथी प्रकाशको बयान त्यसबेला चर्चामा आएको थियो, जब उनले लेखक गौरी लंकेशको हत्यापछि प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाएका थिए । गएको वर्षको सेप्टेम्बरमा गौरी लंकेशको बेङलुरमा उनको घरको बाहिर केही अज्ञात समुहले हत्या गरेका थिए ।
Most Visited News (monthly)