Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको ‘क्याप्टेन’ मा प्रशान्त फाइनल

फिल्मीखबर, काठमाण्डौ, 2018/05/05
सुपरस्टार अनमोल केसीको लिड रोल रहने फिल्म ‘क्याप्टेन’ मा 'ऐश्वर्य' फेम अभिनेता प्रशान्त ताम्राकार अनुवन्धित भएका छन् । यो कुराको पुष्टि यस फिल्मका निर्देशक दीवाकर भट्टराईले गरेका छन् । उनले प्रशान्तको भूमिकाको विषयमा भने बोल्न चाहेनन् । 
 
बुझिएअनुसार, उनी यस फिल्ममा पनि नेगेभिट रोलमा देखिनेछन् । 'ऐश्वर्य' को सफलतापछि यतिबेला प्रशान्तको डिमाण्ड ह्वात्तै बढेको छ ।
 
भिलेनको भूमिकामा अहिले सबैभन्दा बढी उनको खोजी हुने गर्दछ । उनी नेपाली फिल्ममा 'ह्यान्डसम भिलेन' का रूपमा चिनिँदै आएका छन् । 
 
 
गएको आइतवार पूर्वको इलाममा भएको 'माइभ्याली गोल्डकप' मा ‘क्याप्टेन’ को तीन दिन सुटिङ गरिएको थियो । केही दिनमा फिल्मको दोस्रो चरणको सुटिङ सुरु हुँदैछ ।
 
अनमोलले उक्त फिल्ममा एक फुटबल खेलाडीको भूमिका निर्वाहा गर्दैछन् । भुवन केसी यसको निर्मातामा रहेका छन् । 
 
उक्त फिल्ममा अनमोलको उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधिएको छ । यसमा सरोज खनाल पनि लिड रोलमा छन् । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ । 
Most Visited News (monthly)