Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ ४ गतेदेखि निर्माताहरुले फिल्म प्रदर्शन नगर्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/05/04
वर्ष २०६० मा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौता अहिलेसम्म कार्यन्वयन नभएको भन्दै अब निर्माताहरु कडा आन्दोलनमा उत्रने भएका छन् । 
 
नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका संयोजक रोज राणाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ । 
 
संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १ गते सम्पूर्ण चलचित्रकर्मी बिभिन्न हलहरूमा कालोपट्टि बाँधेर उपस्थित हुनेछन् । जेठ २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि फिल्म सेन्सर नगर्नका लागि दबाब दिँदै धर्ना बस्ने कार्यक्रम रहेको छ । 
 
यस्तै, जेठ ४ गतेदेखि सम्पूर्ण हलमा फिल्म प्रदर्शनमा रोक लगाइने निर्माता संघका महासचिव समेत रहेका रोज राणाले बताए । उनका अनुसार, आन्दोलन अगाडि चलचित्र संघसँगको वार्ता सफल भए आन्दोलनका कार्यक्रम स्थगित हुनेछ । 
 
 
उनी भन्छन्, 'अहिलेसम्म हामीलाई वार्ताका लागि बोलाइएको छैन । हामी बैशाख अन्तिमसम्म कुर्छौँ । होइन भने माग पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिन्न ।' 
 
२०६० सालमा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा सिनेमा घरको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता/वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मको दरले लिने दिने सहमती भएको थियो । 
 
तर, उक्त सहमती चलचित्र संघका सदस्य रहेका ठूला हलले नै उल्लंघन गरेको र यसको देखासिकी गर्दै अन्य हलहरुले पनि सम्झौतालाई उल्लंघन गर्न थालेको निर्माता संघको भनाई छ । 
 
केही हप्ता अगाडि राजधानीमा सम्पन्न निर्माताहरुको भेलाले चलचित्र संघ र निर्माता संघबीच भएको सम्झौतामा काठमाडौं उपत्यका भन्ने शब्दको सट्टा नेपालभरी भन्ने शब्द समावेश गरि अक्षरस कार्यन्वयन गर्नु पर्ने निर्णय गरेको थियो । 
Most Visited News (monthly)