Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेस शोमा ‘डमरुको डण्डीबियो’ को वाहवाही

फिल्मीखबर, काठमाण्डौ, 2018/05/04
शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘डमरुको डण्डीबियो’ का कलाकार, निर्देशक र निर्माताले शुक्रवार पत्रकार र चलचित्रकर्मीसँग बसेर फिल्म हेरेका छन् । छेतेन गुरुङको डेब्यू निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । 
 
फिल्मले नेपालबाट लोप हुँदै गएको डण्डीबियोको कथा बोल्छ । शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा यसमा छ । लेखन पनि कलाकार खगेन्द्रकै हो । अधिकांश पत्रकारले फिल्म हेरिसकेपछि प्रशंसा गर्दै ‘डमरुको डण्डीबियो’ टिमलाई बधाइ दिएका थिए ।
 
फिल्म हेर्ने पत्रकारबाट निर्देशक गुरुङको निर्देशकीय पक्ष र लिड कलाकारहरुको कामले पनि तारिफ पाएको थियो । प्रेस शोमा चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो । 
 
झरना थापा र उनका श्रीमान सुनिल थापा, अभिनेता प्रशान्त ताम्राकार, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्माता रविन्द्र सिंह बनियाँ, निर्देशक दीवाकर भट्टराईलगायत फिल्म हेर्न कुमारी हल पुगेका थिए । 
 
 
फिल्म हेरिसकेपछि अधिकांश चलचित्रकर्मीले राम्रो बोलेका छन् । खगेन्द्रको कामको तारिफ भएको छ । छेतेनको निर्देशकीय क्षमतालाई सबैले अब्बल भनेका छन् । स्पोटको विषयमा नेपालमा स्तरिय फिल्म निर्माण भएकोमा चलचित्रकर्मीहरुले सुखी व्यक्त गरेका छन् । 
 
यस फिल्मको इनिसियल व्यापार सन्तोषजनक छ । शुक्रवार विहानी र दिवा शोमा यस फिल्मको औषत ५० प्रतिशत अकुपेन्सी छ । शनिवार देशभरका हल हाउसफूल हुनेमा निर्माण टिम विश्वस्त छ । 
 
 
अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
Most Visited News (monthly)