Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा ‘भोर’ भर्सेज डण्डीबियोको कथा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/04
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताका लागि दुई नेपाली फिल्म दर्शकमाझ आएका छन् । खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ र ‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशत दाइजो प्रथाको कथामा निर्मित फिल्म ‘भोर’ ले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । 
 
हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउन खगेन्द्रको यो फिल्म गीतसंगीत र ट्रेलरका कारण प्रतिक्षीत थियो । यसमा उनले स्पोटी व्यक्तिको भूमिका निर्वाहा गरेका छन् । उनी आफू करीब ५ वर्षपछि फरक भूमिकामा आएको बताउँछन् । 
 
 
यस फिल्मको कथा खगेन्द्र आफैंले लेखेका हुन् । उक्त फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
 
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको ‘डमरुको डण्डीबियो’ को ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । 
 
यस्तै, ‘भोर’ मा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेनालगायतका कलाकारहरु प्रमुख भूमिकामा छन् ।  मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथा यस फिल्मले बोल्छ ।
Most Visited News (monthly)