चर्चित मोडल निराजन प्रधान र अभिनेत्री मरिश्का पोखरेललाई लिएर ‘प्रेमालय’ टाइटलमा फिल्म निर्माण हुने भएको छ । कुमार शाहले निर्देशन गर्ने यसको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।
.jpg)
आगामी दुई सातादेखि सुरु हुने फिल्मको छायांकन अष्ट्रेलियामा पनि हुनेछ । ‘प्रेमालय’ मा सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
प्रेमकथामा बन्ने ‘प्रेमालय’ मा विदेशमा बस्ने छोरा-बुहारीको बच्चा स्याहार्न बुबा-आमालाई घुम्नको लागि भन्दै केही महिना विदेश बोलाउने प्रचलनको कथालाई प्रस्तुत गरिनेछ ।
एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने उक्त फिल्ममा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै, निर्मातामा सुभाष श्रेष्ठ, सह-निर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् ।
.jpg)
किरण माइकलको लेखन रहेको ‘प्रेमालय’ मा राजनराज सिवाकोटीरकल्याण सिंहको संगीत र रोहा शर्माको छायांकन रहनेछ ।
सोही अवसरमा ‘प्रेमालय’ टिमले नै निर्माण गर्न लागेको दोस्रो फिल्मको पनि घोषणा गरियो । ‘रुमानी’ नाम तय गरिएको यसलाई मनोज अधिकारीले निर्देशन गर्दैछन् ।
विदेश गएकी पत्नीले आफ्नो पति अर्कैसँग प्रेममा पर्दा पाएको पीडा र पतिलाई पुनः आफ्नो प्रेममा पार्न गरेको संघर्षको कथा बोल्नेछ ।
.jpg)
‘रुमानी’ मा ‘प्रेमालय’ का लिड कलाकार सन्नी ढकाल मात्र फाइनल भएका छन् । चाँडै अन्य कलाकार पनि छनौट गरेर छायांकन थाल्ने निर्देशक अधिकारीले जानकारी दिए । यसको छायांकन भने अधिकांश अष्ट्रेलियामा नै हुनेछ ।

