Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘कोहलपुर एक्सप्रेस’ ले काट्यो करोडको केक

फिल्मीखबर, काठमाण्डौ, 2018/05/03
शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट प्रभावित नेपाली फिल्म ‘कोहलपुर एक्सप्रेस’ ले सफलताको खुसी साटेको छ ।
 
हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फीनिटी वार’ को वर्चश्वका बीच पनि नेपालमा सुखद कलेक्सन गरेको भन्दै बिहीवार निर्माण टिमले एक कार्यक्रमका बीच सक्सेस केक काटेर खुसीयाली मनाएको छ । 
 
 
केक काट्दै गर्दा निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले ‘कोहलपुर एक्सप्रेस’ ले एक हप्तामा एक करोडको कलेक्सन गरेको जानकारी दिइन् । उनी भन्छिन्, ‘कति कमायो भन्ने कलेक्सनको संख्याभन्दा पनि हामीले गरेको मेहनत दर्शकले रुचाइदिनु भयो । त्यही नै हाम्रो लागि सफलता हो ।’ 
 
फिल्मको सेलिव्रेसन कार्यक्रममा केकीसँगै निर्देशक विशाल भण्डारी, अभिनेत्री द्वय प्रियंका कार्की, ऋचा शर्मा, वाल कलाकार कुशाग्र भट्टराई, अभिनेता विनोद न्यौपानेलगायत उपस्थित थिए । बैशाख २१ गतेबाट दोस्रो हप्तामा प्रदर्शन सुरु हुन लागेको यस फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । 
 
निर्देशक भण्डारी भन्छन्, 'महिला केन्द्रित फिल्म बनाउनु आफैंमा चुनौती थियो । तर, जसरी ‘कोहलपुर एक्सप्रेस’ लाई दर्शकहरुले रुचाइदिनु भयो त्यसले हामीलाई थप उर्जा मिलेको छ ।' प्रियंका र ऋचा फिल्मको सफलताबाट दंग देखिन्छन् । 
 
 
अर्जुन तिवारीको छायांकन रहेको यस फिल्ममा केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई निर्माताका रुपमा रहेका छन् । ‘कोहलपुर एक्सप्रेस’ को कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 
Most Visited News (monthly)