Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘हिरो रिटर्न्स’ को शिर्ष गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/05/03
बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको सविन श्रेष्ठ र रेखा थापा स्टारर फिल्म ‘हिरो रिटर्न्स’ को रिलिज पोष्टपोण्ड भएको छ । निर्माण टिमले प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरेको छ । 
 
 
नयाँ प्रदर्शन मिति तय नहुँदै यस फिल्मको शिर्ष गीत भने सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । 
 
प्रचार-प्रसारलाई अघि बढाउने हेतुले फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको कार्यकारी निर्माता चन्द्र गौतमले जानकारी दिए । सार्वजनिक गीतमा मुख्यतः अभिनेता सविन श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचर छन् । गीतमा आँचललाई बोल्ड अबतारमा प्रस्तुत छिन् ।
 
गीतमा लिड अभिनेत्री रेखालाई भने फिचर गरिएको छैन । आशिष भेटवालको निर्देशनमा बनेको फिल्मलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन् । 
 
भिम न्यौपाने र अमित श्रेष्ठ निर्माता रहेको फिल्ममा टंकसँगै दीपक शर्माको संगीत छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मलाई हेटौंडा र काठमाडौं खिचिएको  छ । 
 
'हिरो रिटर्न्स' मा प्रस्तुतकर्ता रहेका सविन र रेखासँगै दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायत लिड अभिनयमा छन् ।
 
भिडियो :-

Most Visited News (monthly)