Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र करिश्मा स्टारर ‘बाबु कान्छा’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/05/03
अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘बाबु कान्छा’ को अफिसियल रिलिज घोषणा गरिएको छ । यस फिल्मलाई असार २९ गतेबाट प्रदर्शनमा ल्याउने कन्फर्म भएको निर्देशक शोभित बस्नेतले जानकारी दिए । 
 
यसअघि यो फिल्मको रिलिज डेट गएको वर्षको मंसिर १५ गतेलाई तोकिएको थियो । तर, प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरियो । 
 
 
निर्देशक बस्नेतको कथा र निर्माण समेत रहेको यसमा सलोनको जोडीको रुपमा करिश्मा श्रेष्ठ देखिएकी छिन् । यसअघि यो कपलले फिल्म 'लब सब' गरेका थिए । लामो समयदेखि यी दुई प्रेममा रहेको चर्चा छ । 
 
 ‘बाबु कान्छा’ मा गौतम राज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन छ ।
 
रवि अधिकारी यस फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सलोन र करिश्माको अलवा ऋतिक शाही, सरोज खनाल, राजाराम पौडेल, निर शाह, सम्राटा थापाको मुख्य भूमिका छ ।
Most Visited News (monthly)