Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रजनीकान्तको पारिश्रमिक १०४ करोड

एजेन्सी, मुम्बई, 2018/05/03
साउथका सुपरस्टार रजनीकान्तले बलिउडदेखि टलिउडसम्म आफ्नो खास पहिचान बनाइसकेका छन् । यस वर्ष उनी दुई फिल्ममा देखिँदैछन् । उनका फ्यानका लागि फिल्म 'काला' र '२.०' को व्यग्र प्रतिक्षा छ । 
 
यी दुबै फिल्म लामो समयदेखि अड्किएर बसेका छन् । खबरअनुसार, यी दुई फिल्म रिलिजसँगै रजनीकान्त एक अर्को फिल्म साइन गर्दैछन् । डायरेक्टर कार्तिक सुभराजको नयाँ फिल्ममा उनको लिड रोल रहने पक्का भएको छ । 
 
 
कार्तिकको नयाँ फिल्ममा रजनीकान्तका अलावा विजय सतपथी पनि देखिँदैछन् । यसमा उनले खलनायकको भूमिका निर्वाहा गर्दैछन् । 
 
रजनीकान्तले आफ्नो यस फिल्मका लागि ४० दिन सुटिङ गर्नेछन् । ४० दिन सुटिङ गरेको कार्तिक उनलाई भारु ६५ करोड (नेपाली १०४ करोड) दिँदैछन् । 
Most Visited News (monthly)