Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लम्फू’ गीत : मरिश्कालाई भुलेर जिउन नसक्ने कबिर

फिल्मीखबर, काठमाण्डौ, 2018/05/03
बैशाखको अन्तिम साता अर्थात्, २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीलाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् ।
 
 
रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा दुई लिड कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ छन् । गीतमा नायक-नायिका पीडामा देखिएका छन् । 
 
गीतको भावअनुसार फिल्ममा वियोगको कथा पनि जोडिएको निर्देशक गोपालचन्द्र लामिछानेले बताए । उनी गीतको प्रसंग फिल्ममा आउँदा दर्शक भावुक हुने बताउँछन् । फिल्मले मिलन, वियोग, समाज, साथीत्व तथा परिवारको कथा प्रस्तुत गर्ने उनले बताए ।
 
‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको पनि अभिनय रहेको छ । 
 
उक्त फिल्ममा 'तरकारीवाली' को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
 
भिडियो :-