जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बेबी आई लभ यू’ को स्याड सङ रिलिज भएको छ । गीतमा अभिनेता सन्तोष खड्गीलाई अभिनेत्री पुजा तिवारीको यादमा तड्पिएको देख्न सकिन्छ ।

'सायद तेरो मेरो' गीतमा मुख्य कलाकार सन्तोषकै संगीत र स्वर सुन्न सकिन्छ । सन्तोषको यो डेब्यु फिल्म हो ।
साथमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी, किरण के. शर्मालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित यो फिल्ममा शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको यो फिल्ममा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।
भिडियो :-

