Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बैशाख २८ मा करिश्माको ‘हिरोज्’

फिल्मीखबर, काठमाण्डौ, 2018/05/02
फिल्म ‘हिरोज्’ अब बैशाख २८ बाट प्रदर्शनमा आउने भएको छ । एक्सन, लभ, कमेडी तथा संवेदनाले भरिएकोे यो फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरियो । 
 
अब भने आफ्नो फिल्म बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएको जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् । यो मितिमा सलोेन बस्नेत स्टारर फिल्म 'लम्फू' पनि रिलिज हुँदैछ । 
 
 
‘हिरोज्’ मा करिश्मा मानन्धर, मुकेश ढकाल, जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । 
 
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 
 
फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउँछिन् । फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ । एनबि महर्जन फिल्मका निर्देशक हुन् । 
Most Visited News (monthly)