हलिउडको सुपरहिरो फिल्म 'एभेन्जर्स : इन्फीनिटी वार' ले पहिलो विकेन्डमा नै कयौं रेकर्ड आफ्नो नाम गरेको छ । यो फिल्म भारतमा वर्ष २०१८ कै सबैभन्दा ठूलो ओपनर बनेको छ ।

योसँगै अमेरिका र अन्य देशहरुमा पनि यसले कयौं ठूलो रेकर्ड बनाएको छ । एन्थोनी र जोइ रुसो निर्देशित फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, क्रिस प्राट, क्रिस हेम्सवर्थ, बेनेडिक्ट कम्बरबेच, स्कार्लेट जोन्सन र मार्क रुफालोको अभिनय छ ।
फिल्ममा यी कलाकारले भिलेन चरित्रमा देखिएका कलाकार जोस ब्रोलिनको पन्जाबाट विश्वलाई कसरी सुरक्षित राख्छन् भन्ने देखाइएको छ।
यस्तो छ ‘एभेन्जर्स’ ले बनाएको ५ ठूला रेकर्ड :-
१. अमेरिकाको सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म
‘एभेन्जर्स’ अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विकेन्ड ओपनर बनेको छ । यस फिल्मले मात्र तीन दिनमा २५ करोड डलरको कलेक्सन गरेको छ ।
यसभन्दा अगाडि यो रेकर्ड 'स्टार वार्स : द फोर्स अवेकन्स' को नाम थियो । यसले २०१५ मा २४.८ करोड डलरको कमाई गरेको थियो ।
२. दुनियाँको सबैभन्दा ठूलो विकेन्ड ओपनर
'एभेन्जर्स : इन्फीनिटी वार' दुनियाँको पनि सबैभन्दा ठूलो ओपनर हो । वर्ल्डवाइल्ड फिल्मले ६३ करोड डलर कमाएको छ ।
यसअघि 'फास्ट एण्ड द फ्यूरियस' को नाम यो रेकर्ड थियो, जसले फर्स्ट विकेन्डमा ५४ करोड डलरको कलेक्सन गरेको थियो ।
३. अमेरिका र दुनियाँको सबैभन्दा ठूलो सुपरहिरो फिल्म
फर्स्ट विकेन्ड कलेक्सनको कुरा गर्ने हो भने ‘एभेन्जर्स’ दुनियाँ र अमेरिकाको सबैभन्दा ठूलो सुपरहिरो ओपनर फिल्म बनेको छ ।
४. भारतमा वर्षकै सबैभन्दा ठूलो विकेन्ड ओपनर
भारतमा ‘एभेन्जर्स’ ले ४ दिनमा १४७.२१ करोड रुपैयाँ कमाएको छ । फर्स्ट विकेन्डमा यसले ९४.३ करोड कमाउन सफल भएको थियो, जुन वर्ष २०१८ मा फर्स्ट विकेन्डमा कमाई गर्ने सबैभन्दा बढी राशि हो ।
फिल्मले 'पद्मावत' र 'बागी' जस्ता फिल्मलाई पछाडि छाड्दै पहिलो दिननै ३१.३० करोड कलेक्सन गरेको थियो । यो वर्षकै सबैभन्दा बढी ओपनर बनेको छ ।
५. भारतमा सबैभन्दा ठूलो हलिउड ओपनर
'एभेन्जर्स : इन्फीनिटी वार' पहिलो दिनमा भारतमा सबैभन्दा बढी कमाई गर्ने हलिउड फिल्म बनेको छ ।

