गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘धनपति’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तबीच पुनः टिमअप भएको छ । यो कपलले फेरि एकसाथ फिल्म ‘गोपी’ गर्दैछन् ।
.jpg)
बुधवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो । यसलाई ‘घामपानी’ फेम निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । सोहि कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन् ।
भदौ १ गतेबाट छायांकन सुरु हुने फिल्मले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्नेछ । यसमा खगेन्द्र र सुरक्षाका अलावा अंकित खड्का र प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौट हुन बाँकी रहेको निर्देशक लामाले जानकारी दिए ।
घोषणा सभामा बोल्दै अभिनेता लामिछानेले आफूलाई कथा उत्कृष्ट लागेका कारण फिल्म नछाडेको बताए । उनी भन्छन्, ‘बधशाला’ पछि मैले आफ्नै कथामा मात्र फिल्म गरेको थिएँ । मलाई सधै आफ्नै कथामा मात्र फिल्म गर्ने भनेर आरोप लाग्थ्यो । सायद अब ‘गोपी’ बाट उक्त आरोप मैले खेप्नु पर्दैन ।’
.jpg)
आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । निमेष श्रेष्ठको सम्पादन रहने ‘गोपी’ लाई शैलेन्द्र डि. कार्कीले खिच्नेछन् । काठमाडौं उपत्यका र केही दृश्य यसको तराईमा समेत खिचिने बताइएको छ ।

