Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कबिर भन्छन्, ‘सलोनको डर छैन’

फिल्मीखबर, काठमाण्डौ, 2018/05/01
फिल्म ‘लम्फू’ बाट डेब्यु गर्न लागेका नव-अभिनेता हुन् कबिर खड्का । यो फिल्म यही बैशाख २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनीसँगै अभिनेता सलोन बस्नेत लिड रोलमा छन् । जुन फिल्ममा सलोन हुन्छन् त्यसमा अन्य कलाकारलाई ‘थ्रेट’ हुन्छ भनिन्छ । 
 
पछिल्लो उदारहण ‘ए मेरो हजुर २’ र ‘गाजलु’ ले सफलता पायो तर अभिनयको सबै क्रेडिट सलोनले लगे । ‘लम्फू’ मा पनि कतै यस्तै हुने त होइन ? कबिर भने सलोनका कारण आफू छायाँमा पर्नेमा रत्ति डर नभएको बताउँछन् । 
 
उनी भन्छन्, ‘यसअघि सलोनले निर्वाहा गरेको भूमिका र यसमा आकाश-पतालको फरक छ । हाम्रो सिन र सिच्वेसन नै यस्तो छ कि म उसको अन्डरमा हुनुपर्छ । जहाँ ऊ र म बराबर छैनौं ।’ 
 
 
उनी थप्छन्, ‘ऊ सुप्रियर छ र म उसको शरणमा आएको हुन्छ । यसकारण मेरो लागि सलोन ‘थ्रेट’ भन्ने हुँदै हुँदैन । म आफ्नो क्यारेक्टरमा हुन्छु । सलोन आफ्नो क्यारेक्टरमा हुन्छ ।’
 
उनी ‘लम्फू’ मा सलोन हाबी नभएसम्म सिन ब्यालेन्स नहुने तर्क राख्छन् । ‘फिल्म तब ब्यालेन्स हुन्छ जब मभन्दा सलोन हाबी हुन्छ । सिनको डिमाण्ड नै त्यही छ ।’ कबिर भन्छन्, ‘सलोनको इन्ट्रीपछि मैले फिल्म होल्ड गर्ने जिम्मा उसलाई सुम्पिएको छु ।’ उनी सलोनसँग काम गर्न पाउँदा अत्यन्त खुसी भएको सुनाउँछन् । 
 
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको पनि अभिनय रहेको छ । 
 
उक्त फिल्ममा 'तरकारीवाली' को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
Most Visited News (monthly)