Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुपचुप बिहे गरेको विषयमा प्रियंकाले खोलिन् मुख

एजेन्सी, मुम्बई, 2018/05/01
अभिनेत्री प्रियंका चोपडाले गुपचुप बिहे गरेको खबरले यतिबेला बलिउडमा ठूलै हलचल भएको छ । उनको एक तश्बिर देखेपछि सोसल मिडियामा यस्ता खालका अन्दाज लगाउन सुरु भएको छ । 
 
 
खासमा, प्रियंका हालैमात्र असममा टूरिजम प्रमोट गर्न पुगेकी थिइन् । त्यहाँबाट उनको केही तश्बिर बाहिर आएको थियो । एक तश्बिरमा उनको हातमा एक ब्रेसलेट देख्न सकिन्छ र यो ब्रेसलेटलाई मानिसहरुले मंगलसूत्र सम्झिएका छन् ।
 
यसपछि उनले गुपचुप बिहे गरेको अनुमान लगाउन सुरु भएको छ । तर, यस्ता खालका हल्ला सुरु हुन थालेपछि प्रियंकाले एक ट्विटमार्फत् अहिलेसम्म आफूले विवाह नगरेको स्पष्ट पारेकी छिन् ।
 
उनी लेख्छिन्, 'यो एक ब्रेसलेट हो ।' अचेल धेरै गृहणी महिलाहरु मंगलसूत्र गलामा लगाउनुको सट्टा हातमा बाँध्ने गर्दछन् । यसैले उनका प्रशंसकले पनि प्रियंकाले गुपचुप विवाह गरेको सम्झिए । 
 
प्रियंका चाँडै बलिउडमा फिल्म 'भारत' बाट फर्किदैछिन् । यो फिल्ममा उनी सलमान खानसँग देखिँदैछिन् । सलमान र प्रियंकाको जोडी १० वर्षपछि पर्दामा देखिन लागेको हो । अली अब्बास जफरले यसलाई निर्देशन गर्दैछन् । 
Most Visited News (monthly)