Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘बर्थ डे’ मा किन चिसियो पूजा र सुदर्शनको सम्बन्ध ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/01
‘प्रेमगीत’ फेम अभिनेत्री पूजा शर्मा सोमवारबाट २६ वर्षमा लागेकी छिन् । ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘अझैपनि’, ‘म यस्तो गीत गाउँछु’ जस्ता फिल्ममा अभिनय गरिसकेकी उनलाई अहिले ‘स्टार’ अभिनेत्रीको रुपमा हेर्ने गरिन्छ । 
 
 
एकपछि अर्को सफल फिल्म दिइरहेकी पूजाको हरेक वर्ष एउटा मात्र फिल्म रिलिज हुने गर्दछ । गएको वर्ष  ‘म यस्तो गीत गाउँछु’ लिएर आएकी उनी यस वर्षको भाद्र २२ गते ‘रामकहानी’ मार्फत दर्शकमाझ पुग्दैछिन् । 
 
हरेक वर्षको जन्मदिनमा उनी अभिनीत फिल्मको एक रोमान्टिक गीत सार्वजनिक हुँदै आएको छ । यस वर्षपनि उनको २६ औँ जन्मदिनको अवसर पारेर सोमवार ‘रामकहानी’ मा समावेश पहिलो गीत 'तिम्रो लागी म छु' सार्वजनिक गरियो । गीतमा पूजा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड छन् । 
 
सोमवार पूजाले आफ्नो जन्मदिनको अवसरमा काठमाडौंको चारखालमा रहेको 'एड्रेस लन्ज' मा भब्य पार्टी दिइन् । जहाँ चलचित्रकर्मीदेखि पत्रकारहरुको बाक्लो उपस्थिति थियो । रमेश उप्रेती, सञ्चिता लुईटेल, किरण केसी, अनुराग कुँवर, पुनम गौतम, गौरव पहाडीलगायत पूजाको 'बर्थ डे' पार्टीमा उपस्थित थिए । 
 
 
साँझको करीब ९ बजे चलचित्रकर्मी र पत्रकारको बीचमा उनले 'बर्थ डे' केक काटिन् । उक्त केक 'रामकहानी' का निर्देशक सुदर्शन थापाले अर्डर गरेका रहेछन् । पूजाले आफ्नो जन्मदिनको केक काट्दै गर्दा एक रोचक दृश्य देखियो । जसले 'बर्थ डे' माहोल एकाएक चिसियो । 
 
कारण, पूजाले पहिलो केक काटेर आफ्नो आमालाई खुवाईन् । अब यसपछि कसलाई त ? पत्रकारदेखि चलचित्रकर्मीहरु चासोपूर्वक हेरिरहेका थिए । लगातार एकपछि अर्को सुदर्शन निर्देशित फिल्ममा नायिका भएर काम गरिरहेकी उनले आफ्नै निर्देशकलाई दोस्रो केक खुवाउँछिन् भन्नेमा धेरैको अडकलबाजी थियो । तर, यो गलत साबित भयो । 
 
उनले दोस्रो केक छेवैमा रहेका अभिनेता रमेश उप्रेतीलाई खुवाईन् । यसपछि सुदर्शनको पारो चढ्यो । 'ह्याप्पी बर्थ डे पूजा' उच्चाहरण गरिरहेको उनको आवाज एक्कासी रोकियो । सायद उनी छानोबाट खसे झैँ महशुस गरिरहेका थिए । यस्तैमा पूजाले तेस्रो केक काटिन् र सुदर्शनलाई खुवाउन उनी भएतिर अगाडि बढिन् । अचम्म त, मुखैसम्म आइसकेको केक सुदर्शनले खाएनन् । 
 
पूजाले पनि जर्वजस्ती गरिनन् । सुदर्शनले अनुराग कुँवरलाई अगाडि धकले र उनीलाई नै तेस्रो केक खान आग्रह गरे । अनुराग मानिरहेका थिएनन् । तर, सुदर्शनले केक खानै नमानेपछि उनी बाध्य भए । किन सुदर्शनले तेस्रो केक खान मानेनन् ? सबै अचम्ममा परेका थिए । 
 
लामो समयदेखि यी दुई प्रेममा रहेको चर्चा छ । तर, पटक-पटक मिडियासँगको कुराकानीको क्रममा यी दुईले आफूहरु साथी मात्र रहेको बताउँदै आएका छन् । यो पनि हुनसक्छ पूजाले दोस्रो केक सुदर्शनलाई खुवाएको भए मिडियामा अर्को मसला बन्थ्यो । कतै यही कारणले त होइन पूजाले दोस्रो केक निर्देशक थापालाई खुवाइनन् ? 
 
तर, रोचक कुरा 'बर्थ डे' पार्टी सुरु हुनुभन्दा अगाडिसम्म बेला-बेलामा एकअर्कासँग केही सल्लाह गरेको देखिएपनि केक काटिसकेपछि यी दुई एकअर्कासँग एकपटक पनि आमने-सामने भएको देखिएन । 'बर्थ डे' पार्टी सुरु हुनुभन्दा अगाडि देखिएको सुदर्शनको अनुहारको चमक पूजाले केक काटिसकेपछि फिक्का दखिन्थ्यो । 
 
 
दोस्रो केक आफूलाई नखुवाएका कारण उनी पूजासँग रिसाएको अनुमान लगाउन गाह्रो थिएन । बजारमा उग्र भइरहेको यो कपलको लभ लाइफको चर्चालाई यो घट्नाले थोरै भएपनि सास भरेको छ ।  
Most Visited News (monthly)