Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काले दाई’ को गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/05/01
प्रदर्शन मिति कन्फर्म नभइसकेको फिल्म ‘काले दाई’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘राइफलको सिरानी’ बोलको गीतमा सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा छ । 
 
 
गीतमा ध्रुव विश्को र सहिमा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी रहेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ मा समावेश ‘काले दाई’ गीतबाट नाम सापटी लिएर बनाइएको यस फिल्मलाई शिव शर्माले निर्देशन गरेका हुन् ।
 
फिल्ममा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
 
शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’ मा पवन गौतम र रामेश्वर कार्कीको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । 
 
भिडियो :-

Most Visited News (monthly)