Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(19 votes, avg 4.89/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ फ्लोरमा, उपासना र प्रियंकासँग अनमोलको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/04/30
सुपरस्टार अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘क्याप्टेन’ को आइतवारबाट छायांकन सुरु भएको छ । यसमा उनले फुटबल खेलाडीको भूमिका निर्वाहा गर्दैछन् । भुवन केसीको निर्माण रहने यसलाई दीवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । 
 
 
दुई दिनदेखि यो फिल्मको छायांकन इलाममा भइरहेको छ । खबरअनुसार, इलाममा भइरहेको 'माइभ्याली गोल्डकप' भन्दा चार घण्टा अगाडिदेखि उक्त ग्राउण्डमा ‘क्याप्टेन’ को सुटिङ चल्दै आएको छ । उक्त फिल्ममा स्थानिय खेलाडीले समेत अभिनय रहेको छ । 
 
पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ । फिल्ममा अनमोलको क्याप्टेनको भूमिकामा सरोज खनाल छन् । 
 
अनमोल र सरोज खनालको चार हप्ता लामो फुटबल ट्रेनिङ पश्चात्, यो फिल्मको छायांकन सुरु भएको हो । हालैमा सुटिङ भइरहँदाको एक तश्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तश्बिरमा अनमोल ११ नम्बरको फुटबलको जर्सीमा देखिएका छन् । 
 
 
फिल्ममा सरोजपछि अनमोललाई क्याप्टेन बनेको हेर्न पाइनेछ । फिल्म ‘क्याप्टेन’ मा अनमोलसँग उपासना सिंह ठकुरी र प्रियंका एमभीको जोडी बाँधिएको छ । 
Most Visited News (monthly)