Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘भोर’ ले के ‘झोला’ को इतिहास दोहोर्‍याउला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/30
यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भोर’ र सती प्रथाको कथामा बनेको फिल्म ‘झोला’ मा एक समानता छ । यी दुबै फिल्मका निर्देशक यादवकुमार भट्टराई हुन् । 
 
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको ‘झोला’ व्यापारिक तथा समिक्षात्मक रुपमा सफल भएको थियो । पुस्तकमाथी आधारित भएर निर्माण भएपनि उक्त फिल्मलाई दर्शकले औधि रुचाएका थिए । यसपछि अब निर्देशक भट्टराई ‘भोर’ लिएर दर्शकमाझ आउँदैछन् । 
 
यसपटक पनि उनले मौलिक कथालाई नै उठाएर फिल्म निर्देशन गरेका हुन् । मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथा यस फिल्मले बोल्छ । उनका अनुसार, ‘भोर’ ले ‘झोला’ कै सेन्टिमेन्ट बोल्छ । 
 
 
उनी भन्छन्, ‘आधुनिक युगमा पनि अहिलेको समयसम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति नै बढी दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भईरहेका छन् ।’ दाइजोलाई मानव हिंसाको संज्ञा दिएका निर्देशक भट्टराईले यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको रुपमा ‘भोर’ लाई लिएका छन् ।
 
उनी ‘झोला’ को इतिहास ‘भोर’ ले दोहोर्‍याउनेमा विश्वस्त छन् । यसको कथा ‘झोला’ का लेखक कृष्ण धरावासीले लेखेका हुन् । सोहि कथालाई निर्देशक भट्टराईले पटकथामा ढालेका छन् । 
 
फिल्ममा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु प्रमुख भूमिकामा छन् ।
Most Visited News (monthly)