Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिरको ‘महाभारत’ मा दीपिका बन्लिन् द्रोपदी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/30
बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान आफ्नो ड्रिम प्रोजेक्ट  महाभारत जस्तो पौराणिक गाथामा फिल्म बनाउँदैछन् । यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो पौराणिक फिल्म हुने बताइएको छ ।
 
आमिर आफ्नो यस प्रोजेक्टमा ए-लिस्टर स्टारलाई साइन गर्ने तयारीमा छन् । खबरअनुसार, द्रोपदीको भूमिकाका लागि बलिउड अभिनेत्री दीपिका पादुकोणलाई साइन गर्ने उनको सोच छ । 
 
 
तर, 'पद्मावत' लाई लिएर भएको विवादपछि पुनः दीपिका यो माइथोलोजिकल क्यारेक्टर निर्वाहा गर्छिन् वा गर्दिनन् त्यो सबैका लागि चासोको विषय बनेको छ ।
 
आमिर खानको यो महाभारत बेस्ड ड्रामा फिल्मलाई निर्माण गर्नका लागि हजार करोड खर्च हुनसक्छ । यदी दीपिका पादुकोण यस फिल्म गर्नका लागि राजी भएको खण्डमा यो पहिलो पटक हुनेछ जब दीपिका र आमिर एकसाथ कुनै फिल्ममा देखिनेछन् । 
 
आमिरले केही समय अगाडि  महाभारतको कृष्ण आफ्नो सबैभन्दा मन पर्ने चरित्र भएको बताएका थिए । भारतीय मिडियाका अनुसार, यस फिल्ममा आमिरले कृष्णकै भूमिका निर्वाहा गर्नेछन् । तर, यस विषयमा औपचारिक जानकारी भने बाहिर आएको छैन् । 
Most Visited News (monthly)