नेपालमा व्यावसायिक रुपमा सफल नभएको दृष्टिविहीन यूवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको फिल्म ‘ब्लाइन्ड रक्स’ अहिले विदेशका विभिन्न देशहरुमा प्रदर्शन भइरहेको छ ।
विदेशमा फिल्मको माग राम्रो रहेको निर्माता निकेश लिम्बु बताउँछन् । नेपाल प्रदर्शनबाट लगानी सुरक्षित नभएपनि विदेश प्रदर्शनबाट आफू सेभ हुनेमा उनी विश्वत छन् ।
यसैबीच राजधानीको कुमारी हलमा सृष्टिको संस्था ‘ब्लाइन्ड रक्स’ को सहयोगार्थ च्यारिटी शो गरिएको छ ।
(1).jpg)
एकै समयमा दुई शो राखिएको र दुवै शोको टिकट 'सोल्ड आउट' भएको निर्माता लिम्बुले जानकारी दिए । उनका अनुसार, फिल्मको च्यारिटी शोमा विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । शोमा उपस्थित अधिकांशले फिल्मको तारिफ गरेका छन् ।
मिलन चाम्स निर्देशित ‘ब्लाइन्ड रक्स’ मा नायिका बेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् ।
फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।

