Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसिताको प्रेममा छन् प्रदीप ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/29
केही दिनदेखि युवा स्टार प्रदीप खड्का लगातार मिडियामा छाइरहेका छन् । 'लिलिबिली' को सुखद कलेक्सनले उनको एकातिर चर्चा चुलिरहँदा यसै फिल्मका निर्देशक मिलन चाम्ससँग ‘पानी बाराबार’ भएको अर्को खबरले सिनेवृत तरंगीत बनेको छ । 
 
यस्तैमा यतिबेला उनको अफेयरको खबर चर्चामा छ । 'लिलिबिली' अभिनेत्री जसिता गुरुङसँग उनी प्रेममा रहेको टिका टिप्पणी सुरु भएको छ । डेब्यू फिल्मबाट जसिताले राम्रो संभावना देखाएकी छिन् । 
 
बिहीवार राजधानीमा भएको छैठौँ 'एनएफडिसी अवार्ड' मा यस फिल्मबाट उनले उत्कृष्ट नव-अभिनेत्रीको अवार्ड पनि प्राप्त गरिन् । अहिले उनी अध्ययनका लागि लण्डनमा छिन् । तर, एक नयाँ फिल्मका लागि उनी चाँडै नेपाल फर्किने स्रोत बताउँछ । 
 
खबरअनुसार, जसिताले फेरि नयाँ फिल्म प्रदीपसँग नै गर्दैछिन् । 'लिलिबिली' मा दर्शकले यो जोडीलाई औधि रुचाएपछि धेरै निर्माता/निर्देशकको आँखा प्रदीप-जसितामाथी डुल्न थालेको छ । 
 
 
आफूले साइन गरेका केही फिल्ममा प्रदीपले नायिकामा जसितालाई सिफारिस गरेको खबर 'एककान दुईकान गर्दै मैदान' भइरहँदा कतै उनीहरु प्रेममा त छैनन् भन्ने प्रश्न उब्जिन थालेका छन् । 
 
हालसालै उनले आफ्नो प्रमुख भूमिका रहने फिल्म 'रोजी' का लागि जसिताको नाम सिफारिस गरेको खबर प्राप्त छ । तर, निर्माण टिमको उनको अपोटिजमा परमिता आरएल रानालाई फाइनल गरेको छ । 
 
यस्तै, उनको नयाँ फिल्म 'भैरवी' मा पनि जसिता हुने चर्चा छ । निर्माता सुवास गिरी प्रदीपको जोडी खोज्दै गर्दा गएको दुई हप्ता अगाडि 'लिलिबिली' को स्पेशल शोमा जसिताकै काम हेर्न हल पुगेका थिए । 
 
उनलाई जसिताको काम मन परेको छ तर फेरि एउटै जोडीलाई पर्दामा दोहोर्‍याउने मनस्थितिमा भने उनी देखिएका छैनन् । 'लिलिबिली' निर्माता गोविन्द शाही पनि पुनः प्रदीपसँग मिलेर एक फिल्म निर्माण गर्दैछन् । जसमा जसिता लिड रोलमा हुने प्रवल सम्भावना छ । 
 
यी सारा कुराले प्रदीप र जसिताको अफेयरको खबरलाई थप मलजल गरिरहेको छ । कतै यी हल्लाहरु झैँ यो खबर सत्य त होइन ?
Most Visited News (monthly)