Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘मुम्बई एक्सप्रेस’ बाट ‘इन्स्पायर्ड’ हो ‘कोहलपुर एक्सप्रेस’ : केकी अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2018/04/29
शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ निकै विवादमा तानिएको छ । दर्शक र समीक्षकहरुले यो फिल्म कमल हसन र मनिषा कोइराला स्टारर दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कपी रहेको आरोप लगाएका छन् ।
 
तर, यो कुरा स्वीकार गर्दैनन् ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी र निर्मात्री तथा अभिनेत्री केकी अधिकारी । उनीहरु अरुको कृतिमाथी काम गर्दा दिनु पर्ने क्रेटिड दिएर मात्र काम गरेको बताउँछन् । 
 
शनिवार दर्शक प्रतिक्रिया बुझ्न हल जाने क्रममा निर्देशक भण्डारीले भने, 'इन क्रेडिटमा हामीले लेखेका छौं ‘मूभी वाज ‘इन्स्पायर्ड’  ‘मुम्बई एक्सप्रेस’ । यस विषयमा गसिप हुनु पर्छ जस्तो मलाई लाग्दैन ।’  
 
उनी आफ्नो पहिलो प्रयास रहेको कारण धेरै कमी कमजोरी भएको स्वीकार गर्दछन् । उनी भन्छन्, ‘मेकिङका कुराहरु म सुन्न तयार छु । मानिस हुँ म पनि । गल्ती भएका छन् धेरै । गल्तीले नै सिक्ने हो भोलीका दिनमा राम्रो गर्नका लागी ।’ उनी फिल्मलाई दर्शकले रुचाएकोमा भने खुसी देखिन्छन् । 
 
 
यस्तै, अभिनेत्री केकी अधिकारी पनि दर्शकको उत्कृष्ट प्रतिक्रियाबाट उत्साहित देखिन्छिन् । शुक्रवार औषत रहेको फिल्मको व्यापार शनिवार केही माथी छ । 
 
उनी भन्छिन्, 'फिल्म हेर्नुहुने दर्शकले राम्रो बोल्नु भएको छ । योभन्दा ठूलो सफलता हाम्रो लागि के हुन्छ र । जसरी ‘मुम्बई एक्सप्रेस’ को कपी भनिएको छ त्यो चाहिँ एकदम गलत हो । ‘इन्स्पायर्ड’ भनेर त हामीले फिल्ममा नै लेखेका छौं ।' 
 
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 
 
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । 
Most Visited News (monthly)