Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

म्याडम तुसादमा महेश बाबूको मुर्ति

एजेन्सी, मुम्बई, 2018/04/28
विश्व चर्चित म्याडम तुसाद संग्रहालयमा मैनको प्रतिमा हुनुलाई ठूलो प्रतिष्ठाका रुपमा लिइन्छ । अब चाँडै उक्त म्यूजियममा सुपरस्टार महेश बाबूको मैनको मूर्ति राखिने भएको छ ।
 
सोसल मिडियामा आफ्ना फ्यानलाई खुसीको खबर शेयर गर्दै महेश बाबूले प्रतिष्ठित म्याडम तुसादको हिस्सा बन्न पाएर खुसी महशुस गरेको लेखेका छन् । 
 
विश्वभरमा उनको सुपरस्टारडमलाई मध्येनजर गर्दै म्याडम तुसाद महेश बाबूको मुर्ति बनाउँदैछ, जुन उनको कुनै पनि प्रतिष्ठित भूमिकामा आधारित हुने छैन । उनी अभिनीत नयाँ फिल्म 'भारत अने नेनु' ले अहिले संसारभरमा सानदार कलेक्सन गरिरहेको छ ।  
 
 
सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको 'ओकाडू' बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाहा गरेका थिए । 
 
यो फिल्मको सफलतापछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । बरिष्ठ तेलगु अभिनेता कृष्णाका छोरा महेशले सन् १९७९ मा आएको फिल्म 'नीदा' मा एक बाल कलाकारको भूमिका निर्वाहा गरेका थिए । यसपछि उनको ८ फिल्म आयो, जसमा उनले बाल कलाकारकै रुपमा काम गरे ।  
 
सन् १९९९ मा 'राजकुमरुदु' बाट उनले पहिलो पटक मुख्य अभिनेताको रुपमा अभिनय गरेका थिए, जसका लागि उनले सर्वश्रेष्ट अभिनेताको पुरस्कार हात पारे ।
 
महेश बाबुले 'मुरारी', 'ओकाडू', 'अथाडू', 'पोकिरी', 'नेनोक्कडीने', 'श्रीमंथुडु', 'दूकुदु', 'व्यापारी', 'सीतम्मा वकितलो सिरिमले चेत्तु' जस्ता दर्जनौं फिल्ममा काम गरेका छन् ।  
Most Visited News (monthly)