Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङ र सुरक्षाको ‘भैरे’ पोष्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2018/04/27
जेठ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘भैरे’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । फिल्मको दुई पोष्टरमा प्रमुख कलाकारहरु सबै अटेका छन् । 
 
‘सान्नानीलाई’ र ‘सनम माया ला'को’ बोलको गीतका कारण चर्चामा रहेको यस फिल्मको केही दिनमा नै ट्रेलर सार्वजनिक हुँदैछ । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । 
 
 
पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् ।
 
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
Most Visited News (monthly)