Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ड्रिम गर्ल’ को रिलिज मिति फेरबदल

फिल्मीखबर, काठमाण्डौ, 2018/04/27
अभिनेता आकाश श्रेष्ठ र नव-अभिनेत्री आश्मा गिरी स्टारर फिल्म ‘ड्रिम गर्ल’ को रिलिज डेट फेरबदल भएको छ । यसअघि असार २९ गतेलाई तोकिएको फिल्मको प्रदर्शन मिति अब असोज १९ गतेलाई तय गरिएको छ । 
 
नयाँ प्रदर्शन मिति घोषणा सँगै फिल्मको फस्टलुक पोष्टर पनि सार्वजनिक गरिएको छ । पोष्टरमा आकाश र आश्मा रोमान्टिक मूडमा देखिएका छन् भने अर्का कलाकार विल्सन विक्रम राईलाई स्कुटर चलाइरहेको देख्न सकिन्छ । 
 
 
निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’ मा सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । 
 
काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस फिल्मको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।
 
निर्देशक ऋषिराजले ‘ड्रिम गर्ल’ को बिदेशमा निकै डिमाण्ड भएकाले पहिला देशबाहिर प्रदर्शन गर्न लागीएको जानकारी दिएका छन् । उनले भने, ‘फिल्मको बिदेशबाट निकै माग आइरहेको छ । त्यसैले हामीले प्रदर्शन मिति केही पर सारेका हौं ।’  
Most Visited News (monthly)