अभिनेत्री निरुता सिंह केही दिनदेखि नेपालमा छिन् । बिहीवार भएको छैटौँ 'एनएफडिसी अवार्ड' मा सहभागी हुनका लागि उनी मुम्बईबाट नेपाल आएकी हुन् । उनी अवार्ड कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्ने तयारीमा थिइन् तर मुसलधारे पानीका कारण त्यो सम्भव भएन ।

अवार्ड कार्यक्रममा उनलाई आफ्ना पुराना सहकर्मीहरुलाई हाँसिमजाक गरेको देखियो । पुराना चलचित्रकर्मीसँग निरुताले पालैपिलो भेटिन् । दुःख-सुःखका कुरा गरिन् । अधिकांश चलचित्रकर्मीले अब फिल्म गर्न उनलाई आग्रह पनि गरे ।
उनले चाँडै फर्किने भन्दै मिठो मुस्कानले जवाफ दिइन् । पानीका कारण अस्तव्यस्त भएको अवार्ड कार्यक्रम निरुताको उपस्थितिले रमझम बनेको थियो ।
अवार्ड कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि एउटा निकै रमाइलो संयोग जुर्यो । कयौं पटक आफ्नो काखमा बोकेर डुलाएको अहिलेका सुपरस्टार अनमोल केसीसँग उनको भेट भयो ।
(1).jpg)
अनमोल अभिनेता बनेपछि निरुताले पहिलो पटक उनीसँग भेट गरेकी हुन् । अझ रमाइलो त के भयो भने निरुतालाई भुवन केसीले अनमोलतिर देखाएर 'को हो चिन्यौ ?' भनेर सोधे ।
उनले सिधै अनमोललाई नामले बोलाइन् । बसेको कुर्सीबाट अनमोल जुरुक्क उठे र उनीसँग अंकमाल गरे । दुबैले केहीबेर कुरा गरे । चर्को रुपमा बजेको ब्याकग्राउण्ड म्यूजिकका कारण निरुता र अनमोलबीच भएको वार्तालाप भने सुन्न सकिएन ।
.jpg)
अनमोल ज्ञानोदय स्कुलमा पढ्दा निरुता दैनिक जसो उनलाई भेट्न पुगिरहेकी हुन्थिन् । भुवन केसीसँग केही फिल्ममा सँगै काम गरेका कारण अनमोल उनका निकै प्यारा थिए । तर, मुम्बई हानिएपछि निरुताको उनीसँग भेट भएको थिएन । पहिलो पटक अनमोल हिरो भएको भन्ने खबर सुन्दा उनी अचम्ममा परेकी थिइन् ।
नेपाल बसाईको क्रममा उनले अनमोलसँग भेट गर्ने औधि इच्छा रहेको बताएकी थिइन् । बिहीवार उनको त्यो इच्छा पनि पुरा भयो । अनमोलसँग भेट गर्दा उनी मख्ख देखिन्थिन् ।
.jpg)
हालसालै एक अन्तर्वार्ताको क्रममा निरुताले आफ्नो काखमा हुर्किएको अनमोलको हिरोइन भएर पर्दामा काम गर्ने इच्छा रहेको बताएकी थिइन् । यो भेटले कतै त्यो संयोग पनि जुर्ला कि ? आशा गरौँ ।

