Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्फर्म : ‘रोजी’ मा प्रदीपको जोडी परमिता

फिल्मीखबर, काठमाण्डौ, 2018/04/27
निरक पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘रोजी’ का लागि लिड अभिनेत्री फाइनल गरिएको छ । 'चपली हाईट २' फेम अभिनेत्री परमिता आरएल राना यस फिल्ममा अनुवन्धित भएकी छिन् । 
 
 
उक्त फिल्ममा युवा स्टार प्रदीप खड्का प्रमुख भूमिकामा छन् । यसअघि उनको अपोजिटमा 'लालपूर्जा' अभिनेत्री मिरुना मगर रहने चर्चा थियो । 
 
बिहीवार राजधानीमा भएको 'एनएफडिसी अवार्ड' मा ‘रोजी’ को पोष्टर राखिएको थियो । उक्त अवार्ड कार्यक्रममा फिल्मको घोषणा गरिने तयारी भएपनि मुसलधारे पानीका कारण अवरुद्ध भयो । 
 
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । यसमा प्रदीप र परमिताका अलावा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ । 
 
 
आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथामा तयार हुन लागेको फिल्मको सम्पादन मित्र डि गुरुङले गर्नेछन् । 
 
अर्जुन पोखरेलको संगीत रहने यस फिल्ममा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ । प्रदीपले स्क्रिप्ट राम्रो लागेको कारण ‘रोजी’ गर्न लागेको बताएका छन् । 
Most Visited News (monthly)